२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओली सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीश पुरस्कृत भएछन्’



file
अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङले संविधान दिवसकै दिन केपी ओली सरकार हटाउन परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू पदकबाट विभुषित भएको भन्दै असन्तुष्टि जनाएका छन् । 

संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले यसले राम्रो सन्देश नगएको भन्दै न्यायाधीशहरुलाई मेडल अस्वीकार गर्न आग्रह समेत गरेका छन् ।

आइतबार संविधान दिवसको अवसरमा नेकपा एमालेले गरेको कार्यक्रममा बोल्दै पूर्वसभामुख नेम्वाङले भने, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनु भएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नु भएको न्यायाधीशहरुले पाउनुभएको छ ।’

उनले साँझ चितुवा कराउनु र बिहान सिँगारी खसी हराउनुजस्तै परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न पदक दिएको आरोप समेत लगाए ।