३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह



अ+ अ-

संयुक्त राष्ट्रसंघ । चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ । 

हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उहाँले बताउनु भएको छ ।  अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पुर्‍याउनु पर्ने उहाँको धारणा थियो । 

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले सो धारणा राख्नुभएको हो । उहाँले अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरु जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह गर्नु भएको हो  । अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रमहरु लिएर जानुपर्ने उहाँले बताउनु भएको छ । (रासस-सिन्ह्वा)