१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको शाङ्घाईमा लकडाउन हट्यो, मानिसहरु सडकमा



चीनको शाङ्घाइमा कोभिड प्रतिबन्ध हटेपछि यात्रारत मानिसहरू (तस्वीरः एएफपी)
अ+ अ-

शाङ्घाईः चीनको प्रमुख व्यापारिक शहर शाङ्घाईमा कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै गरिएको लकडाउन हटेको छ । कोरोनाभाइरस फैलिएसँगै चीनले शाङ्घाईमा दुई महिनादेखि लकडाउन गरेको थियो ।

अधिकारीहरुले लकडाउन मंगलबार मध्यरातिदेखि हटाएको घोषणा गरेका थिए । अब यहाँका मानिसले निर्वाध रुपमा घुमफिर गर्न पाउने छन् ।

साङ्घाईमा झण्डै २ करोड ५० लाख मानिस बस्ने गर्दछन् ।

People are seen with face masks at The Bund on June 01, 2022 in Shanghai, China.
तस्वीरः एएफपी

तर शहरका कतिपय भागमा कोरोना संक्रमण अझै देखिएको भन्दै मानिसलाई घुमफिर गर्न नदिइने अधिकारीहरुको भनाई छ । यसबाट झण्डै ६ लाख ५० हजार मानिस प्रभावित हुनेछन् ।

चीनले “कोभिड शून्य” नीति लिएको र त्यो अझै कायम छ । कोभिड देखिएका व्यक्तिलाई तत्कालै क्वारेन्टिन वा अस्पतालमा भर्ना गरिन्छ । यस्तै कुनै कोभिड संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई पनि क्वारेन्टिनमा राख्ने र स्थानीय समूदाय तत्कालै लकडाउनमा जानु पर्ने नियम कायमै छ ।

शाङ्घाई सरकारका प्रवक्ता यिन सिनले पत्रकारहरुसँग कुरा गर्दै लामो प्रतिक्षा पछि यो दिनको घोषणा गर्न पाएकामा खुशी व्यक्त गरिन् । उनले शाङ्घाईका सबै जनताले ठूलै त्याग गरेको र आगामी दिनमा पनि सबैले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

Image shows woman cycling with a dog
तस्वीरः राेयटर्स

तर अझै पनि त्यहाँ केही नयाँ नियमहरु लागू गरिएको छ । स्थानीयवासीले कतै जाँदा आफ्ना स्मार्टफोनमा हरियो स्वास्थ्य कोड भएको देखाउनु पर्नेछ । सार्वजनिक यातायात वा बैंक, मल जाँदा ७२ घण्टे पिसिआर परीक्षणको रिपोर्ट देखाउनु पर्नेछ । शाङ्घाई शहर छाडेर अन्यत्र जान भने प्रतिबन्ध लगाइएको छ ।

अर्को शहर गएका व्यक्ति पुनः शाङ्घाई प्रवेश गरे ७ देखि १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने नियम लागू गरिएको छ ।

तैपनि मानिसहरुले शहरभित्रै घुमफिर गर्न पाएकामा पनि खुशी व्यक्त गरेका छन् ।