७ श्रावण २०८३, बिहीबार
,
Latest
निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चर्चित गायक केकेको निधन



अ+ अ-

एजेन्सी । भारतीय चर्चित गायक केकेको मे ३१ राति १० बजे निधन भएको छ । केके कन्सर्ट गर्न कोलकाता पुगेका थिए तर कन्सर्ट लगत्तै होटलमा उनको स्वास्थ्य बिग्रियो ।

उनलाई टोलीले अस्पताल पुर्याएको थियो तर अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको थियो ।

५३ वर्षीय गायकले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट आफ्नो कन्सर्टका केही झलक शेयर गरेका थिए । कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिएपछि केके होटल एस्प्लेनेड पुगे ।

केके सिँढी नजिकै बेहोस हुँदा, उनलाई तुरुन्तै कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगियो, जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । गायकको मृत्युको कारण हृदयघात भएको बताइएको छ ।

केकेको निधनको खबर आउने बित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्यान्डल मार्फत शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘केके नामबाट चर्चित गायक कृष्णकुमार कुननाथको असामयिक निधनले दुःखी छु । उहाँका गीतहरूले सबै उमेरका मानिसहरूलाई जोड्ने भावनाहरूको दायरालाई चित्रण गरेको छ । उहाँका गीतहरूबाट उहाँलाई हामी सधैं सम्झिरहनेछौं । उहाँका परिवार र फ्यानहरूलाई समवेदना । ओम शान्ति ।’