२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई भट्टराईको प्रश्नः कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्यको बजेट कटौति गरिएको हो ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौति गर्नु भएको हो ? भनि अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्नु भएको छ ।

सचिव भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौति गरेको उल्लेख गर्दै कमिशन नआउने भएरनै त्यसो गरिएको हो भनि गम्भिर आशंका व्यक्त गर्नु भएको हो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरुले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाईरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकीर गर्नु भयो । पूर्वमन्त्री समेत रहनु भएका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दावी गर्नु भयो । उहाँले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको बताउनु भयो ।

सचिव भट्टराईले भन्नु भयो, ‘यो बजेटको प्राथमिकता, यो बजेटको गन्तव्य कता हो भन्ने कुरा हामीले प्रश्न उठाईरहेका छौं । कतैकतै यो बजेट हेर्दा लेशसफियरको गन्ध आउँछ, कतैकतै यो बजेट हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ । कतैकतै यो बजेट हेर्दा अलिअलि माक्र्सको पनि गन्ध आउँछ । यो बजेट वास्तवमा के हो ? मेरो विचारमा यो चौबाटोमा उभिएको छ । कता जाने यसले गन्तव्य निश्चित गरेको छैन । त्यसको अर्थ यो कतै पनि जाँदैन । यो त्यही बस्छ, अलमलिएर बस्छ । यसले कुनै गन्तव्य लिनेवाला छैन । र, मुलुकलाई कुनै हित हुनेवाला छैन । मैले बुझेको समाजको सामाजिक रुपान्तरण, सामाजिक विभेदहरु, आर्थिक विभेदलाई अन्त्य गर्ने कुराहरु मूलतः त्यहाँका उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको न्यायोचित वितरण र त्यसको अधिकतम उपयोग गर्दै विद्यमान सामाजिक, आर्थिक असमानताहरुलाई अन्त्य गर्ने र एउटा न्यायमूलक र समतामूलक समाज निर्माण गर्ने सायद हाम्रो गन्तव्य यो हो । तर यो बजेटले हाम्रो नेपाली समाजमा रहेका उत्पादक शक्तिहरुको विकास गर्ने कुरामा र उत्पादनकाम साधनहरुको अधिकतम उपयोग गर्ने कुरामा यसले कुनै ध्यान दिएको छैन । त्यसैकारण पनि यो बजेट जहाँको त्यही बस्छ भनेर निवेदन गर्न खोजेको हुँ ।

अहिले टिकटकमा माननीय अर्थमन्त्रीज्यूको एउटा भिडियो आईरहेको छ । सायद उहाँले पनि हेर्नु भयो होला । त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिईरहनु भएको थियो । त्यो मैले हिजो मात्रै टिकटकमा हेरे । शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ । शिक्षाको बजेटमा त २० प्रतिशत हुनुपथ्र्यौं, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपथ्र्यो भन्दै उहाँले के भन्नु भएको छ भने–त्यहाँ किन बजेट बढाउँदैनन भने अर्थमन्त्रीहरु त्यहाँ कमिशन आउँदैन । उहाँले त्यो भन्नु भएको छ ।

आज उहाँ स्वयमले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नु भएको छ । शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नु भएको छैन । २० प्रतिशतको कुरै छोडौं । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ । अव म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौति गर्नु भएको हो त ? मेरो गम्भिर प्रश्न यहाँलाई त्यहाँनिर छ ।’

सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढने अवस्था नरहेको पनि पटकपटक दोहो¥याउनु भयो ।