२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई भट्टराईको प्रश्नः कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्यको बजेट कटौति गरिएको हो ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौति गर्नु भएको हो ? भनि अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्नु भएको छ ।

सचिव भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौति गरेको उल्लेख गर्दै कमिशन नआउने भएरनै त्यसो गरिएको हो भनि गम्भिर आशंका व्यक्त गर्नु भएको हो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरुले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाईरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकीर गर्नु भयो । पूर्वमन्त्री समेत रहनु भएका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दावी गर्नु भयो । उहाँले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको बताउनु भयो ।

सचिव भट्टराईले भन्नु भयो, ‘यो बजेटको प्राथमिकता, यो बजेटको गन्तव्य कता हो भन्ने कुरा हामीले प्रश्न उठाईरहेका छौं । कतैकतै यो बजेट हेर्दा लेशसफियरको गन्ध आउँछ, कतैकतै यो बजेट हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ । कतैकतै यो बजेट हेर्दा अलिअलि माक्र्सको पनि गन्ध आउँछ । यो बजेट वास्तवमा के हो ? मेरो विचारमा यो चौबाटोमा उभिएको छ । कता जाने यसले गन्तव्य निश्चित गरेको छैन । त्यसको अर्थ यो कतै पनि जाँदैन । यो त्यही बस्छ, अलमलिएर बस्छ । यसले कुनै गन्तव्य लिनेवाला छैन । र, मुलुकलाई कुनै हित हुनेवाला छैन । मैले बुझेको समाजको सामाजिक रुपान्तरण, सामाजिक विभेदहरु, आर्थिक विभेदलाई अन्त्य गर्ने कुराहरु मूलतः त्यहाँका उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको न्यायोचित वितरण र त्यसको अधिकतम उपयोग गर्दै विद्यमान सामाजिक, आर्थिक असमानताहरुलाई अन्त्य गर्ने र एउटा न्यायमूलक र समतामूलक समाज निर्माण गर्ने सायद हाम्रो गन्तव्य यो हो । तर यो बजेटले हाम्रो नेपाली समाजमा रहेका उत्पादक शक्तिहरुको विकास गर्ने कुरामा र उत्पादनकाम साधनहरुको अधिकतम उपयोग गर्ने कुरामा यसले कुनै ध्यान दिएको छैन । त्यसैकारण पनि यो बजेट जहाँको त्यही बस्छ भनेर निवेदन गर्न खोजेको हुँ ।

अहिले टिकटकमा माननीय अर्थमन्त्रीज्यूको एउटा भिडियो आईरहेको छ । सायद उहाँले पनि हेर्नु भयो होला । त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिईरहनु भएको थियो । त्यो मैले हिजो मात्रै टिकटकमा हेरे । शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ । शिक्षाको बजेटमा त २० प्रतिशत हुनुपथ्र्यौं, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपथ्र्यो भन्दै उहाँले के भन्नु भएको छ भने–त्यहाँ किन बजेट बढाउँदैनन भने अर्थमन्त्रीहरु त्यहाँ कमिशन आउँदैन । उहाँले त्यो भन्नु भएको छ ।

आज उहाँ स्वयमले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नु भएको छ । शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नु भएको छैन । २० प्रतिशतको कुरै छोडौं । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ । अव म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौति गर्नु भएको हो त ? मेरो गम्भिर प्रश्न यहाँलाई त्यहाँनिर छ ।’

सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढने अवस्था नरहेको पनि पटकपटक दोहो¥याउनु भयो ।




भर्खरै