७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु



अ+ अ-

चितवन । श्रीमानले पाठेघर बाहिर तानी चोट पुर्याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११ः५० बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औला छिराई पाठेघर बाहिर तानी चोट पुर्याएका थिए । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । जबर्जस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ ।