१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु



अ+ अ-

चितवन । श्रीमानले पाठेघर बाहिर तानी चोट पुर्याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११ः५० बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औला छिराई पाठेघर बाहिर तानी चोट पुर्याएका थिए । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । जबर्जस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ ।