• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

उदयपुरको त्रियुगा–१० मा गोलप्रथाबाट एमालेका किरण पाण्डे विजयी



उदयपुर । त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेकपा एमालेका किरण पाण्डे विजयी भएका छन् ।

वडाध्यक्षका दुई उम्मेद्वार पाण्डे र नेपाली कांग्रेसका प्रकाश खड्काको बराबर मत आएपछि गोलाप्रथा गरि अध्यक्ष चयन गरिएको थियो ।

जसमा एमालेका पाण्डे विजयी भएका हुन् । उम्मेद्वारद्वयले समान १ हजार ५३ मत ल्याएका थिए ।

यसैगरी, बाँकी ४ वडा सदस्यमा भने एमालेका उमेदवार विजयी भएका छन् ।

त्रियुगामा मेयरमा भने नेपाली कांग्रेसका वसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई विजयी भएका छन् ।