• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

आईपीएल २०२२ः यी हुन् अवार्ड जित्ने खेलाडीहरु



एजेन्सी । विश्वकै प्रतिष्ठित टी–२० लिग इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सम्पन्न भएको छ । झण्डै दुई महिना चलेको लिगको फाइनल खेल आइतबार राति गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच भएको थियो ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक आईपीएलमा सहभागिता जनाएको गुजरातले उपाधि चुम्यो ।

यस खेलपछि अवार्ड समारोह सम्पन्न भएको थियो, जसमा च्याम्पियन टोली गुजरात र फाइनलमा पराजित हुने टोली राजस्थानलाई पुरस्कार प्रदान गरिएको थियो । यसका साथै अन्य धेरै अवार्ड पनि प्रदान गरिएको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि आईपीएल जित्ने टोलीलाई २० करोड रुपैयाँ (भारु) प्रदान गरिएको छ । यस्तै उपविजेता टिमलाई १२.५ करोड रुपैयाँ प्रदान गरिएको छ ।

आईपीएल पर्पल क्याप (सर्वाधिक विकेट लिने खेलाडी) – युजवेन्द्र चहल (२७ विकेट) पुरस्कार राशी – १० लाख

आईपीएल वरेन्ज क्याप (सर्वाधिक रन बनाउने खेलाडी) – जोस बटलर (८६३ रन)पुरस्कार राशी – १० लाख

सुपर स्ट्राइकर अफ द सिजन (सर्वाधिक स्ट्राइक रेट हुने ब्याट्सम्यान) – दिनेश कार्तिक, पुरस्कार – टाटा पन्च कार

सर्वाधिक छक्का – जोस बटलर (४५ छक्का), पुरस्कार राशी – १० लाख

पावरप्लेयर अफ द सिजन – जोस बटलर, पुरस्कार राशी – १० लाख

मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – जोस बटलर, पुरस्कार राशी – १० लाख

गेम चेन्जर अफ द सिजन – जोस बटलर, पुरस्कार राशी – १० लाख

फास्टेस्ट डेलिभरी अफ द सिजन – लोकी फग्र्युसन (१५७.३ किमी प्रतिघण्टा बलिङ), पुरस्कार राशी – १० लाख

सर्वाधिक चौका प्रहार – जोस बटलर (८३ चौका) – पुरस्कार राशी – १० लाख

क्याच अफ द सिजन – एभिन लुईस (रिकु सिंहको क्याच), पुरस्कार राशी – १० लाख

 

फाइनल खेलको अर्वाड विजेताः
गेमचेन्जर अफ द म्याच – हार्दिक पाण्ड्या, पुरस्कार राशी – एक लाख

सिक्सर अर्वाड – यशस्वी जैसवाल, पुरस्कार राशी – एक लाख

पावरप्ले अफ द म्याच – ट्रेन्ट बोल्ट – पुरस्कार राशी – एक लाख

मोस्ट भ्यालुएबल एसेट अफ द म्याच – हार्दिक पाण्ड्या, पुरस्कार राशी – एक लाख

अन गो ४एस अफ द म्याच – जोस बटलर, पुरस्कार राशी – एक लाख

प्लेयर अफ द म्याच – हार्दिक पाण्ड्या, पुरस्कार राशी– पाँच लाख