• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ:  रेखा शर्मा (अन्तर्वार्ता) ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल ४ रन जोडेर आउट ★   नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल १ रनमै आउट ★   नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ ★   खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित ★   नेपालले गुमायो पहिलो विकेट, आसिफ शून्य रनमै आउट ★   बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य ★   टाढाका विद्यार्थीलाई आवासीय सुविधा

तारा एयर विमान दुर्घटना : १६ वटा शव फेला, अरु खोजी जारी



काठमाडौँ । तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेका १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार विमानमा सवार अन्यको खोजी भइरहेको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमतर्फ उडेको विमान जोमसोम विमानस्थलमा अवतरण हुन नपाई हराएको थियो । सो विमानको हिजैदेखि खोजी अभियान थालिए पनि प्रतिकूल मौसमका कारण फेला परेको थिएन । आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटनाग्रस्त अवस्थामा सो विमान फेला परेको थियो ।

यार्सागुम्बा टिप्न गएका स्थानीयवासीले सो विमान फेला पारेका थिए । नेपाली सेना र नेपाल प्रहरीको टोली अहिले सो स्थलमा पुगी उद्धार र खोजी कार्य गरिरहेको बताइएको छ । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेका थिए ।