१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूले पाउने सेवासुविधाबाट जनप्रतिनिधिहरुले गरे पाँचपोखरीमा प्रवेशद्वार र सूचना केन्द्रको स्थापना



अ+ अ-

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाका वडाध्यक्षसहितका जनप्रतिनिधिले आफूले पाउने सेवासुविधाबाट गाउँपालिकाको सीमाक्षेत्रमा आकर्षक प्रवेशद्धार बनाउन सहयोग छन् । गाउँपालिकाको पर्यटन प्रवद्र्धनका निम्ति पालिकाभित्र रहेको विभिन्न कला, संस्कृति र मौलिकतालाई झल्काउने गरी प्रवेशद्वार निर्माण गरिएको हो ।

गाउँपालिकाको आठ वडाका वडाध्यक्षलाई छुट्याइएको सवारीसाधन खरिद तथा अन्य सुविधावापतको रु ४० लाख र पालिकाको थप रु १० लाख गरी रु ५० लाख लागतमा उक्त प्रवेशद्धार निर्माण भएको हो । सिन्धुपाल्चोकको पर्यटकको आर्कषण केन्द्रका रूपमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाले प्रवेशद्धारसँगै पुस्तकालयसहितको सूचना केन्द्र र प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको झल्को दिने गरी पाँच पोखरीसहितको महादेवको मूर्ति पनि स्थापना गरेको छ ।

पूर्वमन्त्री शेरबहादुर तामाङले नवनिर्मित पालिका प्रवेशद्धार, सूचना केन्द्रको शनिबार उद्घाटन तथा महादेवको मूर्ति अनावरण गर्नुभएको छ । उहाँले प्रवेशद्वार निर्माणका लागि राज्यबाट पाउने सेवासुविधा त्याग गर्नुभएकामा सम्पूर्ण वडाध्यक्षहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । पालिकाको प्रवेशद्वारसँगै सूचना केन्द्रको स्थापनाले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै प्रचारप्रसारमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष टासी लामाले विश्वको नवौँ अग्लो स्थानमा रहेको ताल पाँचपोखरीलगायत गाउँपालिकाभित्रका विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार तथा जानकारीसहितको सूचना केन्द्र स्थापनासँगै गाउँपालिकालाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यअनुरुप योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिनुभयो । स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन नै प्रमुख भएको जनाउँदै उहाँले उत्पादनमूलक आयआर्जनका क्षेत्रमा जोडिन पाँचपोखरीवासीलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा गाउँपालिकाले तयार पारेको चारवर्षे प्रगति प्रतिवेदन पुस्तक विमोचन तथा पालिकाको सम्पूर्ण स्थानको सूचनासहितको नक्शासमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडाध्यक्ष विष्णुबहादुर खड्का तथा गाउँपालिकाका कर्मचारी कुमार बस्नेतले आफ्ना भनाइ राख्नुभएको थियो ।
 
पत्रकार केसीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले ‘प्रेस युनियन–राम केसी अग्रज पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ ।  युनियनले चौतारामा शनिबार श्रद्धाञ्जलिसभा गरी यस्तो घोषणा गरेको हो । यसअघि युनियनले सिन्धु अग्रज पत्ररिता पुरस्कार प्रदान गर्दै आएको थियो । यसैलाई परिवर्तन गरी केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिइने युनियन जिल्ला अध्यक्ष दुर्गा आचार्यले जानकारी दिनुभयो ।

केसी राससमा आबद्ध हुनुहुन्थ्यो । शनिबार १०औँ दिनको पुण्यतिथिमा केसीको व्यक्तित्वबारे पत्रकार महासङ्घ सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय सुदर्शन आचार्य, ऋषिराम पौड्याल, साहित्यकार अमित घिमिरे, महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति टङ्क कार्की, पूर्वसचिव बिलबहादुर तामाङलगायतले चर्चा गर्नुभएको थियो । विसं २०५१ बाट पत्रकारिता सुरु गर्नुभएका केसीका एक गीति सङ्ग्रह र एक कथा सङ्ग्रह प्रकाशित छन् । दमको रोगबाट ग्रसित उहाँको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज ९केएमसी० अस्पतालमा निधन भएको थियो ।
–––