१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका उपप्रधानमन्त्रीद्धारा नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा



अ+ अ-

काठमाण्डौं ।अस्ट्रेलियाका बर्तमान उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले नेपाल साँच्चै नै जादुमय देश भन्दै वुद्धको जन्मभूमि र विस्वकै सर्बोच्च शिखर भएको देशको रुपमा प्रसंशा गरेका छन । नेपालको राजधानी काठमाण्डौं आँफै पनि बहुपक्षीय सम्पदाले धनी भएको बताउँदै उपप्रधानमन्त्री मार्ल्सले नेपाल भ्रमण गर्ने जो कोहीले पनि नेपालको मुक्त कण्ठले प्रसंशा नगरी रहन नसक्ने बताएका छन ।

लुम्बिनी/कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमण बर्ष २०२० का बिषयमा छलफल गर्ने क्रममा नेपाल सरकारले २०२० मा नेपाल भ्रमण बर्ष मनाउने तयारी गरिराखेको र त्यस्का लागि प्रत्येक बर्ष बीस लाख पर्यटक भित्र्याउने लक्ष लिएकोले त्यस्मा अस्ट्रेलियाको तर्फबाट पनि उल्लेख्य योगदान रहने कुरामा नेपाल सरकार र नेपाली समुदाय आशाबादी रहेको बताएपछि उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले उक्त कुरा बताएका हुन ।

छलफलका क्रममा नेपालमा पर्यटक भित्र्याउने नेपाल सरकारको यो महत्वपूर्ण कदम भन्दै नेता रिचर्डले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अस्ट्रेलिया, नेपाली समुदायको लागि मात्रै नभएर नेपाल र अस्ट्रेलिया बीचको द्धिपक्षीय सम्बन्धको लागि पनि अत्यन्तै राम्रो र महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए ।

आफूले २०१२ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेता रिचर्डले जनसंख्याको दृष्‍टिकोणले अस्ट्रेलियाकै हाराहारीमा रहेको नेपालसंगको सम्बन्धलाई अन्य दक्षिण एशियाली मुलुकहरुसंगको सम्बन्धलाई जस्तै महत्व दिएको बताए । नेता रिचर्डले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको नेपालको पुनर्निर्माण कार्यमा अस्ट्रेलिया निवासी नेपालीहरु र अस्ट्रेलियन सरकारको योगदान द्धिपक्षीय सम्बन्धको राम्रो उदाहरण भएको बताउँदै नेपाल भ्रमण बर्ष २०२० को सफलताको शुभेच्छा ब्यक्त गरेका थिए भलाई कार्यक्रम कोभिडका कारण रद्ध गर्नुपरेको थियो ।