• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

कोभिड–१९ : उत्तर कोरियामा खोप सुरु



प्योङयाङ । कोरोना भाइरससँग लडिरहेका उत्तर कोरियाली शासक किम जोङ उनले देशमा खोप लगाउन सुरु गरेका छन् । यससँगै उनले आफ्नो भ्याक्सिनलाई ‘प्रेमको अमर औषधि’ भनेका छन् ।

सनकी तानाशाहले खोप स्थलहरूमा सवारी साधन र लाउडस्पीकरहरू मार्फत अनौठो दाबी गरिरहेका छन्। रेडियो फ्री एशियाका अनुसार खोपमा सैनिकलाई प्राथमिकता दिइएको छ । यसबाहेक खोप लिनेहरूलाई यो सबै महान् काम राजाको कृपाले भइरहेको बताइएको छ।

उत्तर कोरिया पछिल्लो समय कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको छ । यस्तो अवस्थामा सारा विश्वले आफ्ना नागरिकहरूलाई घरमै बस्न सल्लाह दिइरहेको बेला किम जोङले आफ्ना नागरिकहरूलाई चिया पिउन सल्लाह दिइरहेका थिए।

यसबाहेक किम जोङले आफ्ना नागरिकहरूलाई यो खतरनाक भाइरससँग लड्न नुन पानीले कुल्ला गर्न सल्लाह दिएका थिए।

विगत दुई वर्षदेखि कोरोनाले विश्वभर कहर मच्चायो तर यो महामारी उत्तर कोरियामा जान सकेको छैन । किनकी उत्तर कोरिया सारा संसारबाट लगभग विच्छेद भएको छ ।

उत्तर कोरियाका सनकी तानाशाहले पनि मे महिनामा आफ्नै देशमा मानिसहरू मर्न थालेसम्म यो भाइरसको अस्तित्व स्वीकार गरेनन्।

रेडियो एशियाका अनुसार लाउडस्पीकरमा प्रचार सन्देशहरू बजाइँदैछ। जसमा भ्याक्सिनलाई प्रेमको अमर औषधि भनिएको छ ।

उत्तर कोरियाका तानाशाह किम जोङले चीनले बनाएको खोप जनतालाई दिइरहेका छन् ।

गत वर्ष सेप्टेम्बरमा चीनले उत्तर कोरियालाई ३० लाख खोप पठाएको थियो तर तानाशाहले त्यसलाई अस्वीकार गरेका थिए । उनले चीनलाई सबैभन्दा बढी आवश्यक पर्ने देशहरूलाई सो खोप दिन आग्रह गरेका थिए। एजेन्सीको सहयोगमा