७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ : उत्तर कोरियामा खोप सुरु



अ+ अ-

प्योङयाङ । कोरोना भाइरससँग लडिरहेका उत्तर कोरियाली शासक किम जोङ उनले देशमा खोप लगाउन सुरु गरेका छन् । यससँगै उनले आफ्नो भ्याक्सिनलाई ‘प्रेमको अमर औषधि’ भनेका छन् ।

सनकी तानाशाहले खोप स्थलहरूमा सवारी साधन र लाउडस्पीकरहरू मार्फत अनौठो दाबी गरिरहेका छन्। रेडियो फ्री एशियाका अनुसार खोपमा सैनिकलाई प्राथमिकता दिइएको छ । यसबाहेक खोप लिनेहरूलाई यो सबै महान् काम राजाको कृपाले भइरहेको बताइएको छ।

उत्तर कोरिया पछिल्लो समय कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको छ । यस्तो अवस्थामा सारा विश्वले आफ्ना नागरिकहरूलाई घरमै बस्न सल्लाह दिइरहेको बेला किम जोङले आफ्ना नागरिकहरूलाई चिया पिउन सल्लाह दिइरहेका थिए।

यसबाहेक किम जोङले आफ्ना नागरिकहरूलाई यो खतरनाक भाइरससँग लड्न नुन पानीले कुल्ला गर्न सल्लाह दिएका थिए।

विगत दुई वर्षदेखि कोरोनाले विश्वभर कहर मच्चायो तर यो महामारी उत्तर कोरियामा जान सकेको छैन । किनकी उत्तर कोरिया सारा संसारबाट लगभग विच्छेद भएको छ ।

उत्तर कोरियाका सनकी तानाशाहले पनि मे महिनामा आफ्नै देशमा मानिसहरू मर्न थालेसम्म यो भाइरसको अस्तित्व स्वीकार गरेनन्।

रेडियो एशियाका अनुसार लाउडस्पीकरमा प्रचार सन्देशहरू बजाइँदैछ। जसमा भ्याक्सिनलाई प्रेमको अमर औषधि भनिएको छ ।

उत्तर कोरियाका तानाशाह किम जोङले चीनले बनाएको खोप जनतालाई दिइरहेका छन् ।

गत वर्ष सेप्टेम्बरमा चीनले उत्तर कोरियालाई ३० लाख खोप पठाएको थियो तर तानाशाहले त्यसलाई अस्वीकार गरेका थिए । उनले चीनलाई सबैभन्दा बढी आवश्यक पर्ने देशहरूलाई सो खोप दिन आग्रह गरेका थिए। एजेन्सीको सहयोगमा