१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पर्कविहीन तारा एयर : सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण- भिडियाे



अ+ अ-

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको विमान खोजी गर्न अहिले नेपाली सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण गरेको छ ।

 

सो स्थानबाट नेपाली सेनाका १० र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली सम्पर्कविहीन विमानबाट मोबाइल फोनको लोकेसन पत्ता लागेको स्थानतर्फ गएको बताइएको छ ।

विमानको खोजीमा पैदलयात्राबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई पनि परिचालन गरिएको छ भने काठमाडौँबाट हिमालयन रेस्क्यूको टोलीसमेत पठाइएको छ ।

आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विन अटर विमान जोमसोम विमानस्थलमा अवतरण गर्नुभन्दा अगावै सम्पर्कविहीन भएको थियो । प्रतिकूल मौसमका कारण विमानको खोजी जारी राखिए पनि फेला पर्न सकेको छैन ।