• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

न्यायालयको अवस्था सुधारोन्मुख रहेको छ – दीपककुमार कार्की



काठमाडौं । का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ ।

आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताउनुभयो । उहाँले आफुले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फस्र्योट बढेको बताउनुभयो । उहाँले आफु नेतृत्वमा आउँदा मुद्दाको फस्र्योट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताउनुभयो । उल्लेख्य मात्रामा पुराना मुद्दाहरुको फैसला भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘न्यायपालिका अहिले सुधारोन्मुख छ । हामीले विभिन्न अवरोधहरु, विभिन्न प्रवृत्तिहरु, विकृतिहरु, विसंगतिहरु बेहो¥यौँ । भोग्यौँ । र त्यो सुधार गर्नको निमित्त कानून व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर प्रतिवद्धताको साथ अहिले हामी आएका छौँ । म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, न्यायपालिकालाई अब हामीले यो भन्दा पहिलेको स्थिति भन्दा फरक ढंगबाट हेर्नुपर्छ । यसलाई समृद्ध रुपमा अगाडी बढाउनुपर्छ भन्ने कुरामा म फेरीपनि त्यो कुरा राख्न चाहान्छु । मैले आफुले नेतृत्व लिदाँखेरी हाम्रो सर्वोच्च अदालतको मुद्दाको फस्र्योट प्रतिशत ८ प्रतिशत थियो । ८ प्रतिशतबाट मैले विभिन्न ढंगबाट त्यसलाई फोकस गरेर अहिले प्रत्येक महिनाजसो २ प्रतिशतको दरले बढाएर अहिले हिजो सम्मको स्थितिमा १५ प्रतिशत मुद्दा फैसला भएको छ । त्यसमा उल्लेखनीय रुपमा पुराना मुद्दाहरु फैसला भएका छन् । विशेष गरेर उच्च अदालत र जिल्ला अदालत भन्दापनि सर्वोच्च अदालतप्रति धेरै गुनासोहरु छन् । धेरै मुद्दाहरु फस्र्योट हुन सकेनन् । पुराना मुद्दाहरु धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजिरहेका छौँ ।’

का.मु. प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताउनुभयो । उहाँले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन । हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने हो र अटोमेशनमा नजाँदासम्म, अटोमेशनको कार्यान्वयन नहुँदासम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले हामी अरु कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ र अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको छ । बजेटको पार्टमा फुल कोर्टले पनि पास गरिसकेर अर्थ मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ । र अटोमेशन कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्छ ।’

उहाँले अटोमेशनमा जानका लागि अर्थमन्त्रालय सँग बजेट माग गरिसकिएकाले अटोमेशनको प्रक्रिया छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।