३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसको एक क्याम्पसमा गोली चल्दा कम्तिमा आठ जनाको मृत्यु



अ+ अ-

मस्को । मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो । 

प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’मा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएका छन् । उक्त घटनामा सुरूमा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएका जानकारी अनुसन्धानकर्ताहरूले गराएका थिए । 

सामान्यतया शिक्षण संस्थामा कडा सुरक्षाको कारण र कानुनी तवरमा बन्दुक किन्न कठिनाइको कारण रूसमा तुलनात्मक रूपमा शिक्षालयमा यस्ता आक्रमण कमै हुने गरेका छन् । रूसमा शिकार खेल्न राइफल दर्ता गर्न सम्भव भएपनि अन्य अवस्थामा आधुनिक हतियार राख्न पाइदैन । 

सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा विद्यार्थीहरूले आक्रमणकारीबाट भाग्न उफ्रनुअघि परिसरका भवनहरूबाट सामानहरू फ्याँक्दै गरेको देखाइएको थियो ।

राज्य सञ्चार माध्यमहरूले दिएको रिपोर्टअनुसार सोमबारको आक्रमणको दौडान कालो छद्मभेषी कालो पहिरन र हेलमेट लगाएका व्यक्तिहरू हतियार बोकेर परिसर हुँदै हिंडिरहेको देखाइएको छ । 

रूसमा यस्तै एक घातक आक्रमण सन् २०२१ को मे महिनामा भएको थियो र उक्त आक्रमणमा रुसको मध्य सहर काजानस्थित एक विद्यालयमा १९ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरूले उक्त आक्रमणमा सम्लग्न ती व्यक्तिको मानसिक अवस्था विग्रिएकोे थियो । (रासस÷एएफपी)