• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने



काठमाडौं । राप्रपा नेपालले मुलुकको सात वटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ । केही दिन अघि काठमाडौंमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितीको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

महामन्त्री बर्तौलाका अनुसार ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत ‘बर्तमानका चुनौती र बिकल्प ‘ बिषयमा बुद्धिजीवी बर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा,बर्ग,क्षेत्र ,समुदायका प्रतिनिधिहरुसङ्ग अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ । यसका साथ साथै सातै प्रदेशमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने बर्तौलाले बताए।

पहिलो चरणमा यहि जेष्ठ १८ र १९ गते बागमती प्रदेशको हेटौंडामा , २१ र २२ गते १ नम्बर प्रदेशको बिराटनगरमा , २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा २५ र २६ गते लुम्बिनीको बुटवलमा र २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम तय भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष कमल थापा सहभागी हुने समेत महामन्त्री बर्तौलाले जानकारी दिए । उनका अनुसार बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति पनि चाढै नै तय गरिनेछ ।