९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प : प्रचण्ड

वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प : प्रचण्ड
पुष्पकमल दाहाल प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गर्नुभएको छ ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको उहाँको भनाइ छ ।

नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक विचार र प्रवृतिहरुबीच सङ्घर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उहाँले कठिन मोडमा वाम–लोकतान्त्रिक शक्ति एक हुँदै आएको बताउनुभयो ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्नुभएका अध्यक्ष दाहालले जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत सङ्घर्षका क्रममा प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा बेपत्ता र घाइते भएका योद्धामा उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

आजको दिन नेपाली जनताको सदियौँदेखिको सङ्घर्षको परिणामस्वरुप निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो भन्दै अध्यक्ष दाहालले नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानकै क्रममा संविधानसभाबाट संविधान निर्माण गरी मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो ।

संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृतिलाई पनि सङ्र्घषकै बलमा पराजित गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

निर्वाचनमा जीतहार भन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकामा आफूहरु हर्षित रहेको जनाउँदै उहाँले यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आभार प्रकट गर्नुभएको छ । रासस