२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि, लिभरपुल पराजित



अ+ अ-

पेरिस । च्याम्पियन्स लिगको उपाधि स्पेनीस क्लब रियल मड्रिडले जितेको छ । भर्खरै सम्पन्न खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा रियललाई जित दिलाउन एकमात्र निर्णायक गोल भिनिसियस जुनियरले गरे ।

खेलमा रियलका गोलकिपर थिबाउट कोर्तुआले निकै उत्कृष्ट प्रदर्शन गरे । उनले लिभरपुलका खेलाडीबाट भएका आठ प्रहारलाई उत्कृष्ट बचाउ गरे ।
खेलको २० औं मिनेटमा लिभरपुलका साडियो मानेले प्रहार गरेको बल रियलका किपर थिबाउट कोर्तुआले उत्कृष्ट सेभ गरे । उनको हातमा लागेर बल पोलमा ठोकिन पुगेको थियो ।

यस्तै, ४४ औं मिनेटमा रियलका करिम बेन्जेमाले गरेको गोलले मान्यता पाए । लिभरपुलका डिफेन्डर र किपरबीचको तालमेल हुन नसक्दा बेन्जेमाले मौका पाएका थिए । तर, उनी अफसाइड रहन पुगे ।

खेलको ५९ औं मिनेटमा भाल्भर्देले क्रस गरेको बललाई कुनै खेर जान नदिई भिनिसियस जुनियरले गोल गरे ।

६४ औं मिनेटमा लिभरपुलका सलाहले प्रहार गरेको बललाई फेरि रियलका किपर कोर्तुआले बिफल बनाइदिए । ६८ औं मिनेटमा पुनः सहालको गोल गर्ने मौकालाई कोर्तुआले उत्कृष्ट सेभ गरे । ८२ औं मिनेटमा सलाहलाई फेरि कोर्तुआले गोल गर्नबाट रोके । उनले लगातार सानदार सेभ गर्दै रियललाई बचाए ।

योसँगै रियल मड्रिडले सर्वाधिक १४ पटक उपाधि जितेको छ । लिभरपुल भने सातौं पटक उपाधि जित्नबाट बन्चित भयो ।