२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि, लिभरपुल पराजित



अ+ अ-

पेरिस । च्याम्पियन्स लिगको उपाधि स्पेनीस क्लब रियल मड्रिडले जितेको छ । भर्खरै सम्पन्न खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा रियललाई जित दिलाउन एकमात्र निर्णायक गोल भिनिसियस जुनियरले गरे ।

खेलमा रियलका गोलकिपर थिबाउट कोर्तुआले निकै उत्कृष्ट प्रदर्शन गरे । उनले लिभरपुलका खेलाडीबाट भएका आठ प्रहारलाई उत्कृष्ट बचाउ गरे ।
खेलको २० औं मिनेटमा लिभरपुलका साडियो मानेले प्रहार गरेको बल रियलका किपर थिबाउट कोर्तुआले उत्कृष्ट सेभ गरे । उनको हातमा लागेर बल पोलमा ठोकिन पुगेको थियो ।

यस्तै, ४४ औं मिनेटमा रियलका करिम बेन्जेमाले गरेको गोलले मान्यता पाए । लिभरपुलका डिफेन्डर र किपरबीचको तालमेल हुन नसक्दा बेन्जेमाले मौका पाएका थिए । तर, उनी अफसाइड रहन पुगे ।

खेलको ५९ औं मिनेटमा भाल्भर्देले क्रस गरेको बललाई कुनै खेर जान नदिई भिनिसियस जुनियरले गोल गरे ।

६४ औं मिनेटमा लिभरपुलका सलाहले प्रहार गरेको बललाई फेरि रियलका किपर कोर्तुआले बिफल बनाइदिए । ६८ औं मिनेटमा पुनः सहालको गोल गर्ने मौकालाई कोर्तुआले उत्कृष्ट सेभ गरे । ८२ औं मिनेटमा सलाहलाई फेरि कोर्तुआले गोल गर्नबाट रोके । उनले लगातार सानदार सेभ गर्दै रियललाई बचाए ।

योसँगै रियल मड्रिडले सर्वाधिक १४ पटक उपाधि जितेको छ । लिभरपुल भने सातौं पटक उपाधि जित्नबाट बन्चित भयो ।