१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाकी चन्द्रकला जिम्बावेकी खेलाडीलाई पराजित गर्दै दोस्रो चरणमा



अ+ अ-

काठमाडौं । रसियाको मस्कोमा जारी ५८औँ विश्व सैनिक बक्सिङ प्रतियोगीतामा २०२१ अन्तर्गत महिलातर्फ ५७ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापाले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्नुभएको छ ।

नेपाली सेनाकी थापाले कासोन्कालाई पराजित गर्दै दोस्रो चरणमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ४९ केजी तौलमा समूहमा सुशील थापाले इरानका खेलाडीसँग आजै प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।