• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

निफ्राले ८.५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले शेयरधनिहरुलाई ८.५ प्रतिशत लाभांश दिने भएको छ। हात खाली नहुनेगरी सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको निफ्राले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको हाल जारी चुक्ता पुँजी २० अर्ब रुपियाँको ८.५ प्रतिशत लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिनेछ।

कम्पनीले असार मसान्तसम्म ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा छ। प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ छ।कम्पनीले हालसम्म जम्मा २ अर्ब २७ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ। जलविद्युत लगायत पूर्वाधार क्षेत्रमा ऋण लगानी नै कम्पनीको मुख्य व्यवसाय हो।