• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह



संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाँले प्रश्न गर्नुभएको छ– अझै कति बालबालिकाले अकालमा यसरी ज्यान गुमाउनुपर्ने हो ? आफ्नै विद्यालयमा बालबालिका यसरी असुरक्षित हुन्छन् भने बालबालिकाको भविष्य के होला ? अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएपछि उहाँको यो भनाई आएको हो ।

अमेरिकी सहर टेक्सासमा मङ्गलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए । टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको पनि बताइएको छ ।

त्यस गोली काण्डमा परेर ज्यान जानेमा १८ जना विद्यार्थी र तीन जना शिक्षक रहेका पनि सो समाचारमा जनाइएको छ ।गोली लागेर अरु १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी पनि घाइते भएका समाचारमा जनाइएको छ ।कार्यकारी निर्देशक क्याथेरिनले भन्नुभएको छ– आज यो दुर्घटना टेक्सासमा भयो, अब फेरि अर्को कहाँ होला भन्ने त्रास हाम्रो दिमागमा रहेको छ ।

उहाँले यस्तै दर्दनाक अवस्था हामीले अफगानिस्तान, युक्रेनलगायतका देशमा पनि देखिसकेका छौँ भन्दै अब बालबालिकाको सुरक्षाका लागि केही गर्न ढिला भइसकेको उहाँको भनाई छ ।