२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको विजयमा विशाल र्‍यालीको तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को जीत सुनिश्चित भएको छ । अब तीन वटा मात्र वडाको मत गणना बाँकी हुँदै ती वडामा खेसको मत संख्याभन्दा बढीले बालेनले आफ्ना प्रतिस्पर्धीलाई उछिनिसकेकाले उनको जीत सुनिश्चित भएको हो ।

सम्भवतः आजै ती तीनै वटा वडाको मत गणना सम्पन्न भएपछि बालेन विजयी भएको घोषणा हुनसक्छ । उनलाई विजयी घोषणा हुनुबित्तिकै समर्थकहरुले विशाल र्याली आयोजना गर्ने तयारी गरेका छन् । मतगणना भएका स्थल राष्ट्रिय सभागृहबाट र्याली सुरु गर्ने र महानगरका थुप्रै स्थानमा परिक्रमा गर्ने बताइएको छ ।

बालेनको पक्षमा सक्रियरुपमा लागेका पूर्वसचिव भीम उपाध्यायले बालेनको समर्थनमा निस्किने र्याल सभागृहबाट भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्ने बताएका छन् ।

उपाध्यायले फेसबुकमा लेखेअनुसार कलंकीबाट स्वयम्भू, बालाजु, महाराजगञ्ज, चाबहिल, गौशाल, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुलामञ्चमा आएर र्याली समापन गरिने छ ।

यद्यपि हिजो बुधबार आफ्नो जीत सुनिश्चित भएपछि बालेनले फेसबुकमार्फत विजय जुलुस नगर्न र आफू रहेकै ठाउँबाट धन्यवाद र्याली गर्न आग्रह गरेका थिए । त्यसैले बालेनका समर्थकहरुले र्यालीलाई धन्यवाद र्याली नाम दिएका छन् । समर्थकहरुले र्याली सभ्य र अनुशासित हुने तथा कसैको विरोध नगरिने बताएका छन् ।