२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान खाली पेटमा ल्वाङ खाँदा स्वास्थ्यलाई हुन्छ यस्तो फाइदा, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । हाम्रो भान्सामा ल्वाङ भोजनको स्वाद बढाउन प्रयोग गरिन्छ । तर स्वास्थ्यका लागि पनि ल्वाङ उपयोगी छ । बिहान उठ्नेबित्तिकै दुईवटा ल्वाङ राम्ररी चपाएर एक गिलास मनतातो पानी पिउनुस् । यहाँ हामी ल्वाङका केही फाइदाहरू बताउनेछौं । ल्वाङ इम्युनिटी बूस्टर हो ।

१) यसले रुघाखोकी, गलाको खसखस र ज्वरोबाट जोगाउन सहायता गर्छ ।

२) यसमा भएको एन्टी–ब्याक्टेरियल र एन्टी–फंगल गुणले गर्दा कोरोना संक्रमणबाट बचाउन पनि सहयोग गर्छ ।

३) शरीरका सबै हानिकारक ब्याक्टेरिया यसले नष्ट गर्छ । 

४) यसको एन्टी–इन्फ्लेम्मेटरी गुणले कलेजोबाट सबै विषाक्त तत्त्व बाहिर निकाल्छ । उसले कलेजो सुन्निन दिँदैछ । 

५) छाती पोलेमा वा एसिडिटी भएमा दुईवटा ल्वाङ चुस्नुस् । ल्वाङ हालेको चिया पिउँदा पेटका समस्या भाग्छन् । 

६) यसमा भएको एन्टी–अक्सिडेन्ट तत्त्वले रगतमा ग्लुकोन नियन्त्रणमा राख्छ र इन्सुलिन उत्पादनलाई प्रोत्साहन गर्छ । मधुमेहका रोगीहरूका लागि यसको सेवन लाभदायक हुन्छ । 

७) ल्वाङको चियाले मेटाबोलिक रेट बढाउँछ । यसले गर्दा तौल नियन्त्रणमा रहन्छ । बोसो घटाउन पनि यो लाभदायक छ ।