© 2023
काठमाडौँ । बदलिँदो आर्थिक र औद्योगिक परिवेशका कारण श्रम तथा रोजगारी क्षेत्र व्यापक संकटमा रहेको श्रमिक नेताहरुले बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको ‘बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा उहाँहरुले पछिल्लो समय श्रमिकहरु समस्यामा परेको बताउनुभएको हो ।