७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

श्रमिक नेताहरु भन्छन्ः श्रम क्षेत्र गहिरो संकटमा छ

श्रमिक नेताहरु भन्छन्ः श्रम क्षेत्र गहिरो संकटमा छ
अ+ अ-

काठमाडौँ । बदलिँदो आर्थिक र औद्योगिक परिवेशका कारण श्रम तथा रोजगारी क्षेत्र व्यापक संकटमा रहेको श्रमिक नेताहरुले बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको ‘बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा उहाँहरुले पछिल्लो समय श्रमिकहरु समस्यामा परेको बताउनुभएको हो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालको जेन–जी आन्दोलनले श्रमिकहरुलाई झनै ठुलो समस्यामा पारेको बताउनु भयो । उहाँले पछिल्लो समय पर्यटन क्षेत्र र औद्योगिक उत्पादन ध्वस्त भएकोले श्रमिकको जीवनस्तर भयावह बन्दै गएको जानकारी दिनुभयो । पछिल्लो परिवर्तनले राम्रो गर्न सकिने अपेक्षा रहेपनि श्रम क्षेत्रमा सबैभन्दा ठूलो असर परेको उहाँको भनाई छ । उहाँले न्युनतम ज्याला कार्यन्वयन हुन नसक्दा पनि श्रमिकहरु समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले हालै नर्सहरू समेत न्युनतम ज्याला कार्यन्वयन गर्नको लागी आन्दोलन गर्नु परेको स्मरण गर्नुभयो । अध्यक्ष श्रेष्ठले नेपालको सामाजिक सुरक्षा कोषमा संसारको सबैभन्दा राम्रो भएपनि औपचारिक क्षेत्रका मजदुर कोषमा न्युन सहभागी भएको बताउनु भयो । उहाँले २६ लाख श्रमिक सामाजिक सुरक्षाकोषमा आवद्ध भएपनि औपचारिक क्षेत्रका श्रमिक ६ लाख मात्रै आवद्द भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विगत भन्दा राम्रो काम गर्न परिवेश बदलियो तर श्रम क्षेत्रलाई सबैभन्दा बढी असर ग¥यो । श्रम क्षेत्रलाई सबैभन्दा बढी किन असर ग¥यो भन्दा हामी सबैले भोगिरहेकै छौँ । राम्रो गर्न गरेका कामहरु सबैभन्दा खराब भयो भनेर हामी भन्न सक्छौ । पर्यटन क्षेत्र ध्वस्त भयो, औधोगिक क्षेत्र ध्वस्त भयो । सबैतिर ध्वस्त हुँदाहुँदै अब मजदुर फ्वाट, मजदुर वर्ग डिप्रेशनको सिकार हुनुपर्ने बाध्यता आईरहको छ । यस्तै भयो भने अब मर्नु भन्दा बौलाउनु निको भन्ने चाला हामीकहाँ भईरहको छ । भएको न्युनतम ज्याला पनि दिईरहेको छैन । भर्खरै तपाईहामीले देखिरहेका छौँ, नर्सहरुले आन्दोलन गरेर ज्याला माग्दा पनि अहिले लागू नभईरहको अबस्था छ । लाखौँ खर्च गरेर पढ्ने नर्सहरु आज न्युनतम ज्याला नपाएर तड्पिरहेका छन् ।’

नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाल लगायत विश्वको श्रम बजारलाई नै अस्थिर बनाउने प्रमुख कारण अनौपचारिक क्षेत्रको बृद्धि भएको बताउनु भयो । उहाँकाअनुसार हाल ८५ प्रतिश भन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा रहेका छन् । यसले मर्यादित कामको अवधारणालाई कमजोर बनाइरहेको उहाँको भनाई छ । बेरोजगारी र वैदेशिक रोजगारको दबाबले पनि मर्यापदत कामको लागि चुनौती थपिएको उहाँले बताउनु भयो । उहाँले न्युनतम ज्याला कार्यान्वयन अहिलेको सबैभन्दा ठुलो समस्या रहेको बताउनुभयो । न्युनतम ज्याला लागू नभई सामाजिक सुरक्षा कार्यान्वयन सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय उद्योग–व्यवसायमा देखिएको संकटले पनि रोजगारीका अवसर घट्दै गएकोले मर्यादित कामको आधार कमजोर बनिरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको विश्वको लागी सबैभन्दा ठुलो च्यालेन्जको कुरा के हो भने अनौपचारिककरण नै हो । हामी औपचारिकताको कुरा गरिरहेका छौ तर भईरहको छ, अनौपचारिकरण । अहिले ८५ प्रतिशत भन्दा बढी अनौपचारिक क्षेत्र छ । त्यो अहिले मर्यादित कामको लागी सबैभन्दा ठुलो बाधक हो । त्यसैगरि बेरोजगारी र बैदेशिक रोजगारीमा भईरहेको दबाबले मर्यादित कामको लागी चुनौती दिइरहेको छ । न्युन ज्याला, न्युन ज्याला अहिले दुर्भाग्य छ । हामी अहिलेपनि न्युनतम ज्यालाको कुरा गरिरहेका छौँ तर त्यो पनि कार्यन्वयन भईरहेको छैन । न्युनतम ज्याला कार्यन्वयन नभईकन सामाजिक सुरक्षा कार्यन्वयन हुनसक्छ ? सामाजिक सुरक्षा कार्यन्वयन गर्न सबैभन्दा पहिला न्युनतम ज्याला अनिवार्य कार्यन्वयन गर्नसक्नुप¥यो ।’

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) बुधवार “बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा” विषयक उच्चस्तरीय संवाद कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विश्लेषक डा. हरी शर्माले वर्तमान परिवेशमा जेटियूसीसीको भुमिका र आगामी निति र  नारायण भट्टराईले मर्यादित काम, ज्याला र सामाजिक सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले श्रम क्षेत्रमा देखिएको अव्यवस्था, न्युनतम ज्याला कार्यान्वयन नहुनु, अनौपचारिकीकरणको तिब्रता र सामाजिक सुरक्षा कोषको कमजोर सहभागिता यस क्षेत्रका प्रमुख चुनौती रहेको औँल्याएका छन् ।