© 2023

एजेन्सी । अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा कागजमा भएका फोकामा सावधानीपूर्वक आफ्ना औँलाहरू चलाउनुभयो । स्पर्श लेखन प्रणाली ब्रेलको आविष्कार भएको दुई सय वर्ष बितिसकेको छ । यसले धेरै दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिको जीवनमा साक्षरता र स्वतन्त्रताको मार्ग प्रदान गरेर परिवर्तन ल्याएको छ ।