२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महामारीपछि नेपालबाहिर पहिलोपटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौं ।महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबइ जानेभएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ । चांडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जानलागेको हो ।