१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप

महामारीपछि नेपालबाहिर पहिलोपटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य

महामारीपछि नेपालबाहिर पहिलोपटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य
अ अ+ अ-

काठमाडौं ।महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबइ जानेभएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ ।

चांडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जानलागेको हो ।

विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबइ सहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको ब्यापारिक केन्द्र पनि हो । यस सहरमा आयोजित अघिल्ला कन्सर्टहरुको बेला अन्य इमिरेट्सहरु विशेषगरि अबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए । अघिल्लापटकहरु झैं यसपाला पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत हुँदैछ ।

‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबइ आउँदैछौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेकाछन् ।’

कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो सहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबइ एक्स्पो’ का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुइ करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए ।

आफ्नो प्रिय ब्याण्ड नेपथ्य फेरि दुबइ आउनलागेको जानकारीले आयुष मान डंगोल हर्षित छन् । ६ वर्षभन्दा लामो समयदेखि एयर अरेबियाका जहाजहरु उडाउँदै आइरहेका पाइलट आयुषका अनुसार नेपथ्यको आगमनले उक्त मुलुकमा ल्याउने हलचल बेग्लै हुने गर्छ ।

‘दुबइमा हुने प्रायः नेपाली कार्यक्रम आएगएको अधिकांश नेपालीलाई पत्तै हुँदैन,’ उनी भन्छन्, ‘तर, नेपथ्यले भने आफूलाई उच्चस्तरमा प्रस्तुत गर्ने भएकाले उसको कन्सर्टका बेला एक हिसाबले राष्ट्रिय गौरवकै अनुभूति हुन्छ ।’

बिरानो मुलुकमा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने थोरै अवसरहरुमध्ये नेपथ्य प्रस्तुत हुँदाको क्षण पनि बन्नेगरेको आयुषको अनुभव छ ।
‘बेग्लै दुनियाँमा ब्यस्त भइरहँदा यतै बसोबास गर्ने नेपाली दाजुभाइसँग भेटघाटको अवसर पनि यो कन्सर्टले जुराइदिन्छ,’ उनी भन्छन्, ‘त्यसमाथि आफूले जुन ब्याण्डका गीतहरु सुनेर हुर्किएको हो त्यसले यति पर पनि प्राथमिकताका साथ आफूलाई प्रस्तुत गरिरहेको पाउँदा आनन्दै अर्को हुन्छ ।’ आयुष सारजहाँ सहरमा बसोबास गर्छन् भने अघिल्लोपटक पनि नेपथ्यको कन्सर्ट हेर्न दुबइ पुगेका थिए ।

नेपथ्यले २०१५ को महाभूकम्प लगत्तै आफूलाई यस सहरमा प्रस्तुत गरेको थियो । पूर्व निर्धारित कार्यक्रम भएकैले शोकका बेला पनि उपस्थिती जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबइ कन्सर्टबाट प्राप्त रकममध्ये प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो । ‘त्योबेला शोककै क्षण आयोजित भएता पनि झण्डै दुइ हजार दर्शक उपस्थित भएका थिए,’ गायक अमृत सम्झन्छन्, ‘त्यो कन्सर्टकै भिडियो रेकर्डमा आधारित रहेर हामीले ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो पनि तयार पारेका थियौं ।’त्यसको चार वर्षपछि सन् २०१९को मार्च महिनामा दोश्रोपटक  नेपथ्य दुबइ पुगेको थियो ।

‘नेपथ्य उसका श्रोता दर्शकहरुको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्ला दुवैपटक जाँदा पाइएको आत्मीयताले नै होला, कोरोना महामारीपछिको पहिलो विदेश यात्राका रुपमा दुबइ उपस्थित हुने जोग मिल्न गयो ।’

नेपथ्यलाई यसपटक दुबइ सहरमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्नलागेको हो । ‘विदेशिएका नेपालीहरुको निम्ति नेपथ्य आउने समाचारले चांडबाडको बेलामा खुशियाली थपिदिएको छ,’ आयोजक अमृत इभेन्ट्सका आशिष पुरुष भन्छन्, ‘अघिल्लापटक जस्तै यसपटक पनि नेपथ्यले सुनाउने स्वदेशी भाका सुन्नका निम्ति दुबइ र आसपासका सहरमा बसोबास गर्ने नेपालीहरुले ब्यापक चासो देखाइरहेका छन् ।’

यो कन्सर्टको टिकट दुबइ लगायत आसपासका छेत्रहरुमा समेत उपलब्ध गराइएको छ । स्थानीय आयोजकका अनुसार दुबइमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० युएइ दिरहम(AED) राखिएको छ ।

अनलाइन टिकटको निम्ति यो लिंक  https://ae.bookmyshow.com/events/nepathya-live-2022/ET00009197मार्फत व्यवस्था गरिएको छ ।

कार्यक्रममा सँधैजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने छन् । आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने तयारीमा जुटेको छ ।