२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डा झालाई अन्तर्राष्ट्रिय विज्ञान प्रविधि पुरस्कार

काठमाडौं: चीनको सियान मेडिकल युनिभर्सिटीमा कार्यरत प्राध्यापक डा राजीव कुमार झा चीनको सान्सी अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि सहकार्य पुरस्कार, २०२५ का लागि चयन हुनु भएको छ । चीनको साङ्सी मेडिकल एसोसिएसनका तर्फबाट डा झाको नाम यस प्रतिष्ठित पुरस्कारको लागि प्रस्ताव गरिएपछि उहाँ यस पुरस्कारको सूचीमा सर्ट लिष्टमा पर्नुभएको हो ।