काठमाडौं: चीनको सियान मेडिकल युनिभर्सिटीमा कार्यरत प्राध्यापक डा राजीव कुमार झा चीनको सान्सी अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि सहकार्य पुरस्कार, २०२५ का लागि चयन हुनु भएको छ ।
चीनको साङ्सी मेडिकल एसोसिएसनका तर्फबाट डा झाको नाम यस प्रतिष्ठित पुरस्कारको लागि प्रस्ताव गरिएपछि उहाँ यस पुरस्कारको सूचीमा सर्ट लिष्टमा पर्नुभएको हो । साङ्सीमा कार्यरत स्वदेशी तथा विदेशी विज्ञ, प्राध्यापक, अनुसन्धानदातालाई सियान सरकारले बर्सेनि यो पुरस्कारबाट सम्मानित गर्ने गरेको छ ।
साङ्सी प्रान्तको प्रान्तीय विज्ञान तथा प्रविधि पुरस्कार समिति कार्यालयले यही पुरस्कारका लागि सियान युनिभर्सिटी अफ टेक्नोलोजीका दुई विदेशी नागरिक सेल्सो ग्रेबोगी र डान शेच्टम्यानको नाम पनि समावेश गरिएको छ ।
यसअघि पनि उक्त प्रान्तको प्रान्तीय सरकारले प्राडा झालाई विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको थियो ।











