१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अब भक्तपुरवासीको घरघरमै राहदानी पुर्‍याइने

भक्तपुर। जिल्ला हुलाक कार्यालयले अब जनताको घरदैलोमै राहदानी अर्थात् पासपोर्ट पुर्‍याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालयकी प्रमुख सीता साम्बाले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै ‘जनताको घरदैलो सेवा’ सञ्चालनमा आएको हो