२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि… भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेत १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन अवैध काठ बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?
खानेपानी कार्यालयका कर्मचारी पाँच हजार घूससहित पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ ।

गाउँपालिकाका कर्मचारी घूससहित पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आइतबार रु ३० हजार घूससहित पक्राउ परेका छन् ।