© 2023
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति भूपाल राईले देशमा दिनैपिच्छे भ्रष्टाचारका मात्रै समाचार आइरहेको भन्दै यसले देशलाई नै पछि पारिरहेको बताउनुभएको छ । नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै कुलपति राईले देशका नेताहरूका नाम जोडेर आइरहने दिनैपिच्छेका हेडलाइनले पीडादायी अवस्था सिर्जना भएको बताउनुभयो