९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

देशमा धेरै काम गर्न सकिने ठाउँ छ : कुलपति राई

देशमा धेरै काम गर्न सकिने ठाउँ छ : कुलपति राई
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति भूपाल राईले देशमा दिनैपिच्छे भ्रष्टाचारका मात्रै समाचार आइरहेको भन्दै यसले देशलाई नै पछि पारिरहेको बताउनुभएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै कुलपति राईले देशका नेताहरूका नाम जोडेर आइरहने दिनैपिच्छेका हेडलाइनले पीडादायी अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले भ्रष्टाचार नहुने हो भने देशका धेरै क्षेत्रमा धेरै काम गर्न सकिने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा कुलपति राईले साहित्यिक पत्रकारिता साहित्यको रङ्गमञ्चमा प्रवेश गर्ने साहित्यकारको मूलद्वार रहेको बताउँदै यसको छुट्टै महत्त्व रहेको बताउनुभयो । आफूले पनि सुरूमा पत्रपत्रिकामार्फत लेखेर कवि बनेको स्मरण गराउँदै उहाँले साहित्यिक पत्रकारिताको क्षेत्रमा केही गरौँ भनेर गत वर्षदेखि दुईजना साहित्यिक पत्रकारलाई पुरस्कृत गर्न थालिएको बताउनुभयो ।

राज्यले अझै पनि साहित्यिक पत्रकारहरूलाई खास सम्झन नसकेको र त्यसको मुख्य कारण राज्यमा बस्ने मान्छे कस्तो छ, उनीहरूको विचार र चेतना कस्तो छ भन्ने कुराले निर्धारण गर्ने बताउनुभयो । उहाँले अहिले एआइका कारण पत्रपत्रिकामाथि चुनौती सिर्जना गरेको उल्लेख गर्दै कागजबाट विधुत्मा पुगेपनि इतिहास भुल्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एआईले कविता लेख्न सुरू गरेको छ, तिमीहरूको कविता के हुन्छ भनेर मलाई सोध्ने गरिएको छ, मैले एआईले आँसु झार्छ कि झार्दैन ? भनेर सोध्ने गरेको छु , त्यसकारण मानिसको अन्तरमन जस्तो एआई हुँदैन, त्यसको महत्व छुट्टै छ ।” कार्यक्रममा सङ्घले भोजपुरी भाषाको पत्रिका ‘भोजपुरिंया माटी’का अग्रज साहित्यिक पत्रकार रामप्रसाद साह र गुल्मीका अग्रज साहित्यिक पत्रकार शशी पन्थीलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेको थियो ।

कार्यक्रममा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले गुठका मानिसलाई सम्मान गर्ने विकृति बढिरहेका बेला यहाँ वास्तविक र योग्य व्यक्तिलाई सम्मान गरिएकोमा प्रशंसा गर्नुभयो । उहाँले सरकारले खासै साहित्यिक पत्रकार र पत्रकारितालाई महत्त्व नदिएकोमा दःुख व्यक्त गर्नुभयो ।

पुरस्कृति व्यक्ति शशी पन्थीले पुरस्कार वा सहयोगको आशाले काम गरेको होइन काम गर्दै जाँदा फल पनि लाग्लो रहेछ भनेर आज थाहा पाएको बताउनुभयो । अर्का सम्मनित व्यक्ति रामप्रसाद साहले साहित्यक पत्रकारिता गर्न गाह्रो भएको र अझै प्रकाशन गर्न झनै गाह्रो रहेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा अग्रज पत्रकार पुरूषोत्तम दाहालले साहित्यसम्बन्धी पत्रकारिता अग्नि तपस्या जस्तो लाग्ने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो कसरी चलाइरहेको होला भनेर छक्क परिरहेको छु । शशीजीले ५२ वर्षदेखि हाम्रो पुरूषार्थ चलाइरहनुभएको छ । अहिले हातहातमा पत्रकारिता पुगेको छ, एआइले गर्दा चुनौतीपूर्ण छ ।” उहाँले साहित्य भनेको मान्छेको चेतनासँग जोडिएको बताउनुभयो ।

सङ्घका अध्यक्ष मोहन दुवालले संस्था स्थापना भएको १९ वर्ष पुगिसकेको र संस्थाले केही प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले कसैको आशा गर्नुभन्दा पनि आफैँले केही प्रयास गर्नुपर्ने बताउनुभयो । रासस