१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

जनकपुर । जनकपुरधाममा आजबाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गर्नुभयो । मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो ।