२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्लिन म्याराथनमा गोपीचन्द्र पार्की



अ+ अ-

काठमाडौं । गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथन मध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन् ।

प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे । टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो ।  १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।

यसैबीच नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि पार्की र श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गर्यो। सदस्य–सचिव सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलागयतले उनीहरुलाई बिदाइ गरे । त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनो स्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो । श्रेष्ठलाई टिसर्ट प्रदान गरियो ।