५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा वडा ९ मा भण्डारी, १० मा केसी निर्वाचित



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार रामजी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय हुनुभएको हो ।

अध्यक्ष पदमा विजय हुनुभएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्थी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित हुनुभएको छ । महिला सदस्यमा कांग्रेसको तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय हुनुभएको छ ।

वडा १० मा कांग्रेसको केसी निर्वाचित

त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय हुनुभएको छ । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पार्नुभएको हो । अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्थी कार्कीले २९५३ मत प्राप्त गर्नुभएको छ ।

सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित हुनुभएको छ । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय हुनुभएको छ । दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित हुनुभएको छ ।




भर्खरै