९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ: वरिष्ठ नेता पौडेल
अ अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताउनुुभएको छ ।

तनहुँको भानु नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत स्वार्थमा नफसी जनताका आवश्यकतालाई पूरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनप्रतिनिधिका काँधमा ठूलो जिम्मेवारी छ, उक्त जिम्मेवारीलाई सफलतापूर्वक सफल बनाउनेतर्फ ध्यान दिनुपर्छ ।”

स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको नेतृत्वमा भएको गठबन्धन सफल भएको भन्दै वरिष्ठ नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धनलाई लैजानुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहले जनतालाई भार पर्ने गरी कर वृद्धि गर्न नहुने उल्लेख गर्दै आम्दानीका स्रोत बढाउनुपर्नेमा जोड दिनुभयो । प्रत्येक वडामा पाँच ठूला आयोजनाको सूची तयार गर्न आग्रह गर्दै उहाँले त्यसका लागि सङ्घीय सरकारबाट बजेटको व्यवस्था गरिने बताउनुभयो ।

भानु नगरपालिकाका नवनिर्वाचित प्रमुख आनन्दराज त्रिपाठीले पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै विकासका सवालमा सबै पार्टीसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले सबैलाई समान ढङ्गले हेर्ने उल्लेख गदै विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने धारणा राख्नुभयो ।

भानु नगरपालिकाका नवनिर्वाचित उपप्रमुख उमा गोतामेले जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । नगरप्रमुख त्रिपाठीले आजै जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना समक्ष शपथग्रहण गरी कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।