९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

स्थानीय निर्वाचन काँग्रेस र गठबन्धनका लागि सन्तोषजनकः प्रवक्ता महत

स्थानीय निर्वाचन काँग्रेस र गठबन्धनका लागि सन्तोषजनकः प्रवक्ता महत
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी र गठबन्धनमा रहेका दलहरुका लागि निर्वाचन सन्तोषजनक रहेको बताउनुभएको हो । उहाँले तालमेल गरेर प्रतिष्पर्धा गरेका ठाउँमा गठबन्धनका दलहरुले ठूलो सफलता हात पारेको दाबी गर्नुभयो । उहाँले स्थानीय तह निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको पनि बताउनु भयो । उहाँले नेकपा एमालेले निर्वाचनमा धाँदली भयो भन्ने कुरामा कुनै सत्यता नरहेकोसमेत जिकिर गर्नुभयो ।

प्रवक्ता महतले नेकपा एमालेकै केन्द्रिय नेताको नेतृत्वमा बाजुराको बुढीगंगा नगरपालिकामा व्यापक धाँदली भएको दाबी गर्नुभयो । उहाँले धाँदली भएका २,३,५ र ९ वडामा एमालेले पूरै बुथ कब्जा गरेकोेले उक्त वडामा पुनः मतदान गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो । उहाँले उदयपुरको त्रियुगा नगरपालिकाको एउटा वडामा पनि धाँदली भएकोले तत्काल पुनः मतदानको व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो । प्रवक्ता महतले स्थानीय तह सदस्य निर्वाचनमा समग्रमा गठबन्धन दलसहितको निकै ठूलो अग्रता कायम गर्न सफल भएको स्पष्ट पार्नुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको प्रक्रियालाई निर्वाचनमा अघि लग्यौँ । समग्रमा यो निर्वाचनको परिणामा सन्तोषजनक लिएका छौँ । नेपाली काँग्रेस आफैँले पनि धेरै ठूलो सफलता हात पारेको छ । तालमेलसहित हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हाँसिल गरेका छन् । निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको छ । भयरहीत, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गरेको छ । बरु एमालेको कर्याकालमा २०५४ सालमा स्थानीय तहको निर्वाचनमा व्यापक धाँदली भएको थियो ।

त्यो बेला संसदीय समितिले समेत छानबिनको दायरामा ल्याएको थियो । एमालेले भर्खरै धाँदली भयो, सत्तापक्षले स्रोत, साधनको दुरुपयो ग¥यो भन्ने कुरा छ त्यसमा कुनै सत्यता छैन । बाजुराको बुढीगंगा नगरपालिकामा व्यापक धाँदली भयो । २,३,५९ मा पूरै बुथ कब्जा गरियो । त्यसको नेतृत्व एमालेको केन्द्रिय तहकै नेताको नेतृत्वमा भयो । त्यहाँको निर्वाचन अधिकृतले धाँँदली भएको कुरालाई मध्यनजर गरेर सम्हाल्न नसकेर जानुभयो । आफैँले मतपेटिका बोकेर जिल्ला लगियो र त्यसलाई काँग्रेसले स्वीकार गर्दैन । अहिलेसम्म किन मतदान भएको छैन ? हाम्रो ध्यानाकर्षण भएको छ । हामी निर्वाचन आयोगलाई तत्काल मतदान गराउन माग गर्दछौँ । त्रियुगा नगरपालिका उदयपुरमा पनि एउटा वडामा धाँदली भएको कुरा छ तत्काल निर्वाचन आयोगसँग मतदान प्रक्रिया अघि बढाउन माग गर्दछौँ ।’

प्रवक्ता महतले काठमाडौंमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेको ५ वर्षमा गरेको कामहरुको कर्तुत भएको जिकिर गर्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली काँग्रेससमेत परेको बताउनु भयो । केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा नेपाली काँग्रेस र राजनीतिक दलहरु नै सकिएको भन्ने मूल्यांकन गर्न नमिल्ने बताउनु भयो । उहाँले काठमाडौंमा राजनीतिक दलहरु स्वतन्त्र उम्मेदवारसामु निरिह बन्नु एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया भएको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘अपवाद जहिल्यै हुन्छ निर्वाचनमा । केही अपवादहरुलाई लिएर पार्टीहरु, नेपाली काँग्रेस असफल भयो भन्ने निस्कर्ष हो भन्न सकिँदैन । काठमाडौं महानगरमा जे देखियो । त्यसलाई हामी हेर्नेछौँ । युवाहरु किन असन्तोष छन् ती कुरामा नेपाली काँग्रेसले सोच्नेछ । केही ठाउँमा अपवाद आउँदैमा नेपाली काँग्रेस र पार्टीहरु नै सकिए भन्न मिल्दैन । हामी यसबाट सिक्नेछौँ । कहिलेकाहीँ विभिन्न खालको हावा चल्छ, मानिसलाई केही गर्छ कि भन्ने चाहना हुन्छ । काठमाडौंमा पनि त्यही भएको हो । हामीले नोटिस गरेका छौँ । मूल्यांकन हुन्छ । ओलीजीको घानमा नेपाली काँग्रेस परेको मात्रै हो । एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रियास्वरुप हामीले पनि व्यहोरेका छौँ ।’

प्रवक्ता महतले अन्तर्राष्ट्रिय स्तरमै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकोले नेपालमा पनि स्वभाविक रुपमा मूल्यवृद्धि भएको बताउनु भयो । उहाँले सरकारले जनस्तरलाई मध्यनजर गरेर अझै अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिको पूर्ण रुपमा नेपालमा मूल्य नबढाएको दाबी गर्नुभयो । उहाँले जनता मारमा परिरहेकोले सरकार यसमा गम्भीर बन्न र उपभोक्ताहरुको आवश्यकीय सामग्रीहरुको मूल्यवृद्धिमा सरकार गम्भीर र चनाखो बन्नुपर्ने बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘यो अन्तर्राष्ट्रिय कुरा हो । सरकारले धेरै ठूलो सब्सिटी दिएर अन्तर्राष्ट्रिय स्तरमा भएको पूरा मूल्यवृद्धि हुन दिएको छैन । तर पनि जनता मारमा परेका छन् । सरकार यसमा गम्भीर हुनुपर्छ । उपभोक्ताहरुको आवश्यकीय सामग्रीहरुको मूल्यवृद्धि नहोस् यसमा सरकार गम्भीर हुनुपर्छ ।’

प्रवक्ता महतले नेकपा एमालेले ९/१० वटा दलसँग गठबन्धन गरेर निर्वाचनमा एक्लै लड्यौँ भनेर जनतामा भ्रम छरेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेसले स्थानीय तहमा आएको मत परिणामलाई मजबुत बनाएर आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने पनि बताउनु भयो । उहाँले गठबन्धनलाई संघीय निर्वाचनसम्म पनि सँगै लैजाने रणनीतिअनुसार नेपाली काँग्रेस अघि बढ्ने पनि बताउनु भयो । प्रवक्ता महतले अपवाद बाहेकका स्थानमा गठबन्धनमा रहेका दलले एक अर्कालाई सहयोग गरेको भन्दै छोटो समयमै देशले लय समातेको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेस एक्लैले बहुमत ल्याउन अझै केही समय पर्खनुपर्ने बताउनु भयो । स्थानीय तहको निर्वाचनका कारण प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल गरेर जाने आधार तयार पारेको बताउनु भयो । उहाँले एमालेले आफ्नो कार्यकालमा गरेका नराम्रा कामहरुको कारण नै एमालेप्रति जनताले वितृष्णा देखाएको आरोपसमेत लगाउनु भयो ।