५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा एमाले पहिलोबाट तेस्रो स्थानमा



अ+ अ-

खोटाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार नेकपा (एमाले)  दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा सीमित भएको छ ।

विसं २०७४ को चुनावमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यस पटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐँसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको हो । अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, रावाबेँसी गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा ऐँसेलुखर्क र बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको थियो ।

यस वर्षको निर्वाचनमा सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति बेहोरेको हो । विसं २०७४ मा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यस पटक छ प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ ।

कांग्रेसले यस पटकको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिकामा प्रमुख तथा ऐँसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको हो । यसअघि कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, एँेसेलुखर्क र बराहपोखरीमा प्रमुख तथा साकेलामा उपप्रमुख जितेको थियो ।

अघिल्लो निर्वाचनमा एक प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक दुई प्रमुख, दुई उपप्रमुख र २३ वडाध्यक्ष जितेको छ । विसं २०७४ मा साकेला गाउँपालिका प्रमुख जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको छ ।

खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सत्तारुढ चार दलबीच चुनावी गठबन्धन थियो भने साकेला गाउँपालिकामा एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो । भर्खरै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)ले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । चुनावी तालमेलमा सहभागी एकीकृत समाजवादीले सत्तारुढ चार दलीय गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको हो ।

यस्तै जनता समाजवादी पार्टीले पनि एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । कांग्रेस बाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच चुनावी तालमेल भएको केपिलासगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट जसपाले उपप्रमुख जितेको हो । अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एउटा वडाध्यक्ष जितेको राप्रपाले यस पटकको निर्वाचनमा एउटा सदस्यसमेत जित्न सकेन । खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका चन्द्रबहादुर थापा विजयी हुनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसेलुखर्क, खोटेहाङ, जन्तेढुङ्गा, बराहपोखरी र रावाबेँसी गाउँपालिकामा कांग्रेससहितको चुनावी गठबन्धन भएको थियो । हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र साकेलामा भने कांग्रेस एक्लै प्रतिस्पर्धामा थियो । कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको पालिकामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी मात्रको चुनावी तालमेल भएको थियो । कतिपय ठाउँमा तालमेल नमिल्दा गठबन्धनले पनि हार बेहोरेका छन् ।

गठबन्धन भएको ऐँसेलुखर्क गाउँपालिकामा गाउँपालिका प्रमुखका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई र रावाबेँसी गाउँपालिकामा उपप्रमुखका साझा उम्मेदवार लीलानारायण श्रेष्ठ पराजित हुनुभएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा १९ वटा राजनीतिक दलले भाग लिएका थिए । एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८७ हजार ८८ जना मतदाताले मतदान गरेका थिए ।




भर्खरै