९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी
अ अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ ।

यहाँको भीमदत्त, बेदकोट, कष्णपुर तथा पुनर्वास नपा र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा यी चारवटै पालिकामा एमाले विजयी भएको थियो ।

त्यसैगरी एमालेले यहाँको दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल गरेको छ । यसअघि दोधारा र शुक्लाफाँटामा नेपाली कांग्रेसले जितेको थियो भने लालझाडीमा (माओवादी केन्द्र)ले जितेको थियो ।

त्यसैगरी स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले यहाँको बेलौरी नगरपालिका जितेको छ । अघिल्लोमा दुई पालिका जितेको माओवादी यसपटक भने एउटामा समिति रह्यो । उसले लालझाडी गाउँपालिका गुमाएको छ ।

नगरप्रमुखमा भीमदत्तमा नेपाली कांग्रेसका पदम बोगटी, बेदकोटमा कांग्रेसकै भोजराज बोहरा, कृष्णपुरमा कांग्रेसका हेमराज ओझा, पुनर्वासमा तोयराज शर्मा र बेल्डाँडी गाउँपालिकामा कांग्रेसका हरिचन्द्र राना निर्वाचित हुनुभएको छ ।

त्यस्तै दोधारा–चाँदनीमा एमालेका किशोरकुमार लिम्बू, शुक्लाफाँटामा एमालेकै रणबहादुर महरा र लालझाडीमा निर्मल राना नेतृत्वमा पुग्नुभएको छ । त्यसैगरी माओवादीका पोतिलाल चौधरी बेलौरीको नेतृत्वमा दोस्रो पटक पुग्नुभएको हो । यसअघिको निर्वाचनमा पनि उहाँ नगरपालिकाको नगरप्रमुखमा विजयी हुनुभएको थियो ।

जिल्लाका पालिकामा नेकपा माओवादी केन्द्रसित गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको नेकपा (एकीकृत समाजवादी)ले पालिका जित्न सकेन् । केही वडाध्यक्षमा जीत निकालेको समाजवादीले पुनर्वास र बेदकोट नगरपालिकामा जित्नसक्ने आकलन गरेको थियो । बयानब्बे वडा रहेको कञ्चनपुरमा यसपटक दुई वडाध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन् ।

भीमदत्त–१३ मा रामचन्द्र बोहरा र पुनर्वास श्रवण रानाले बाजी मार्नुभएको छ । त्यसैगरी उपप्रमुखतर्फ नौ पालिकामध्ये सात उपप्रमुख एवं उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा कांग्रेसले उपप्रमुख जितेको हो ।