२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ ।

यहाँको भीमदत्त, बेदकोट, कष्णपुर तथा पुनर्वास नपा र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा यी चारवटै पालिकामा एमाले विजयी भएको थियो ।

त्यसैगरी एमालेले यहाँको दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल गरेको छ । यसअघि दोधारा र शुक्लाफाँटामा नेपाली कांग्रेसले जितेको थियो भने लालझाडीमा (माओवादी केन्द्र)ले जितेको थियो ।

त्यसैगरी स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले यहाँको बेलौरी नगरपालिका जितेको छ । अघिल्लोमा दुई पालिका जितेको माओवादी यसपटक भने एउटामा समिति रह्यो । उसले लालझाडी गाउँपालिका गुमाएको छ ।

नगरप्रमुखमा भीमदत्तमा नेपाली कांग्रेसका पदम बोगटी, बेदकोटमा कांग्रेसकै भोजराज बोहरा, कृष्णपुरमा कांग्रेसका हेमराज ओझा, पुनर्वासमा तोयराज शर्मा र बेल्डाँडी गाउँपालिकामा कांग्रेसका हरिचन्द्र राना निर्वाचित हुनुभएको छ ।

त्यस्तै दोधारा–चाँदनीमा एमालेका किशोरकुमार लिम्बू, शुक्लाफाँटामा एमालेकै रणबहादुर महरा र लालझाडीमा निर्मल राना नेतृत्वमा पुग्नुभएको छ । त्यसैगरी माओवादीका पोतिलाल चौधरी बेलौरीको नेतृत्वमा दोस्रो पटक पुग्नुभएको हो । यसअघिको निर्वाचनमा पनि उहाँ नगरपालिकाको नगरप्रमुखमा विजयी हुनुभएको थियो ।

जिल्लाका पालिकामा नेकपा माओवादी केन्द्रसित गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको नेकपा (एकीकृत समाजवादी)ले पालिका जित्न सकेन् । केही वडाध्यक्षमा जीत निकालेको समाजवादीले पुनर्वास र बेदकोट नगरपालिकामा जित्नसक्ने आकलन गरेको थियो । बयानब्बे वडा रहेको कञ्चनपुरमा यसपटक दुई वडाध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन् ।

भीमदत्त–१३ मा रामचन्द्र बोहरा र पुनर्वास श्रवण रानाले बाजी मार्नुभएको छ । त्यसैगरी उपप्रमुखतर्फ नौ पालिकामध्ये सात उपप्रमुख एवं उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा कांग्रेसले उपप्रमुख जितेको हो ।