३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्धारा निन्दा



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन् ।

उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गरेका हुन् । 

उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरुमा इमान्दार रहन यहाँका सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन् ।