९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
अ अ+ अ-

काभ्रे ।काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ ।

आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्नुभएको छ भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

प्रमुख पदका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतम(मणि)ले नौ हजार १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडाहरुमा क्रमशः वडा नं १ मा माओवादी केन्द्रका जय बहादुर तामाङले ५९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वडा नं २ मा कांग्रेसका रामेश्वर दाहालले ९३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं ३ मा कांग्रेसका सुन्दर अधिकारीले ८०५ मत, वडा नं ४ मा कांग्रेसकै सुन्दर तामाङले ९१० मत, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गानाले ६१४ मत र वडा नं ६ मा नेकपा ९एकीकृत समाजवादी०का रामशरण दुलालले एक हजार ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै वडा नं ७ मा कांग्रेसका रामकृष्ण दङ्गालले ६९६ मत, वडा नं ८ मा कांग्रेसकै सञ्जय तामाङले एक हजार १५८ मत, वडा नं ९ मा एमालेका रामकाजी श्रेष्ठले एक हजार ११ मत, वडा नं १० मा एमालेकै नारायण प्रसाद सापकोटाले ६५५ मत, वडा नं ११ मा कांग्रेसका हीराकाजी तामाङ ९१६ मत, वडा नं १२ मा कांग्रेसका ज्ञानबहादुर दनुवारले एक हजार १७७ मत र वडा नं १३ मा कांग्रेसका सुकुवीर तामाङले ७०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सो नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएकोमा यही जेठ ३ गते पुनः मतदान भएको थियो । यसका कारण ढिला गरी मतगणना भएको थियो । पाँचखालको मतगणना सम्पन्न भएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनियताको शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेको छ । रासस