२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दुई हजार २५९ नयाँ कोरोना सङ्क्रमित



फाईल फोटो
अ+ अ-

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप  २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ । यस समयमा भारतमा ७७५ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना सङ्क्रमण निको भएको छ ।