२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा कू प्रयासको  सुरक्षा परिषद् सदस्हरूद्वार निन्दा



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलितरूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफूहरू सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । 

परिषद्का सदस्य राष्ट्रहरू सम्बन्धित पक्षलाई 'राष्ट्रिय सङ्कट र सङ्क्रमणको विषय' लाई गम्भीररूपले बुझ्न र सोही अनुरूप अगाडि बढ्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'सुडानमा जनता र सैनिक पक्षले सहमति र सहकार्यका साथ संविधान र जुबा शान्ति सम्झौताको मर्म अनुरूप अगाडि बढ्न र देशको संक्रमणलाई पार लगाउन आग्रह गर्दछौं।'

त्यसैगरी परिषद्का सदस्य राष्ट्रहरूले सुडानी जनता र देशका पक्षमा ऐक्यबद्धता व्यक्त गर्दै सङ्क्रमणको यस चरणमा सुडानको  सम्प्रभुता,  स्वतन्त्रता,  भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले उक्त घटनाको मङ्गलबार निन्दा गर्नु भएको छ।  (रासस-सिन्ह्वा)