२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नाइस प्यालेस्टाइनी कामदार अपहरित



अ+ अ-

याउन्दे। प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यामरुनको एक दुर्गम क्षेत्रमा ती कामदार अपहरणमा परेका हुन् ।यहाँका सुरक्षा निकायले दिएको जानकारी अनुसार क्यामरुनको दक्षिण पश्चिमी क्षेत्रमा कार्यरत १९ जना प्यालेस्टाइनी कामदारहरु अपहरणमा परेका हुन् ।

यहाँको क्यामरुन विकास संस्थामा कार्यरत उनीहरु अपहरणमा परेका बताइएको हो । क्यामरुनको दक्षिण पश्चिमी क्षेत्र इडेनेउमा सो कम्पनीमा कार्यरत उनीहरु अपहरणमा परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

एकजना सरकारी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ती अधिकारीले मंगलबार सो क्षेत्रमा केही बन्दुकधारी आएका र कम्तीमा पनि १९ जना प्यालेस्टाइनी कामदारलाई अपहरण गरेर लगेका छन् ।

उनीहरुलाई कसले र किन अपहरण गरी लगेका हुने भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले अनुुसन्धान सुरु गरेको बताएको छ ।