२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुल कन्ट्याक्ट कराते भोली हुँदै



अ+ अ-

काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीको सहभागिता रहने आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ६५ केजीमुनि तौलसमूहमा खेल हुने आईएफकेकेका ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । महिलामा खुला तौलसमूहमा भिडन्त हुनेछ ।

प्रत्येक तौलसमूहमा नगद पुरस्कारको व्यवस्था रहेको ब्रान्च चिफ लामाले जनाएका छन् । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ ।